बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको सुपरभाइजर जग्गी विकले जानकारी दिए।
मुगु– हिउँ जमेर बुधबारदेखि अवरुद्ध भएको नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ। पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्स्काभेटर प्रयोग गरेर पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरिएको हो। मंगलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो।
बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको सुपरभाइजर जग्गी विकले जानकारी दिए। उनका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ।
हिउँद र वर्षाका समयमा दुई/तीन महिना अवरुद्ध हुने यो सडक दुई वर्षयता सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले एकदुई दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन।
प्रमुख पर्यटकीय गन्तव्य नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको स्थलमार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैँ व्यस्त हुने गर्दछ।
यो खण्ड व्यस्त र पर्यटकीय मार्ग रहेकाले सिञ्जा, चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्धकै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताए। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक ९३ किमी दूरी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
