उनले अनियमितता तथा भ्रष्टाचार गर्ने जो सुकै, जुन घराना, पार्टी वा समुदायको भए पनि नछाडिनेमा जोड दिँदै अपराधी हो वा होइन भन्ने विषय भने हेरिने बताए।
नेपालगन्ज– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताएका छन्।
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग शुक्रबार भएको भेटघाटमा उनले शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रण गर्न सफलता हासिल भएको उल्लेख गरे। “यस विषयलाई व्यवहारमा लागू गर्न प्रभावकारी कदम चालिने छ,” उनले भने।
गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे। जनताको सामाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरीकन समृद्धिले फड्को मार्न नसकिने बताए।
उनले अहिलेको सरकार आएपछि सुशासनको अभियान सञ्चालन भएको उल्लेख गर्दै तक्मा वितरण, राष्ट्रिय परिचयपत्रका विषय, भुटानी शरणार्थी समस्या, ललिता निवास जग्गा प्रकरण, बाँसबारी छाला उद्योग लगायत सरकारले उपलब्धि हासिल गरेर खर्बौँको सम्पत्ति सरकारका नाममा ल्याएको बताए। “जे गरे पनि हुन्छ भन्ने स्थितिको अन्त्य गर्न खोजेका छौँ,” उनले भने।
जतिसुकै शक्तिशाली, राजनीतिक पहुँचको भए पनि जत्रा ठूला नेता भए पनि वा जति ठूलो कर्मचारी भए पनि अब नचल्ने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले भने “दोषीलाई कानूनको कठघरामा ल्याइन्छ, आउनुपर्छ।” सुशासन कायम गर्न नदिन राजनीतिक दलका नेताहरू, ठूलठूला उद्योगी–व्यवसायी, दलाल र कर्मचारीको गठबन्धन भएको बताउँदै गृहमन्त्री श्रेष्ठले जालसाजी, किर्ते, ठगीजस्ता कामले छुट नपाउने र सरकारले यस्तो काम विश्राम नलिने पनि बताए। उनले अनियमितता तथा भ्रष्टाचार गर्ने जो सुकै, जुन घराना, पार्टी वा समुदायको भए पनि नछाडिनेमा जोड दिँदै अपराधी हो वा होइन भन्ने विषय भने हेरिने बताए।
गृहमन्त्री श्रेष्ठले धार्मिक सद्भावको विषयलाई संवेदनशील रूपमा हेरिएको उल्लेख गरे। भेटघाटमा लुम्बिनी प्रदेश, गृहमन्त्री सन्तोष पाण्डेयलगायत सहभागी थिए। सो अवसरमा बाँकेमा रहेका राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि र धार्मिक अगुवाले विभिन्न विषयमा गृहमन्त्री समक्ष जिज्ञासा राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
