बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार साँझ भेटवार्ता भएको हो।
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार साँझ भेटवार्ता भएको हो।
भेटमा दुई देशको सम्बन्धका विविध पक्षमा छलफल भएको र नेपालले आफ्ना सरोकार पुनः प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विदेशमन्त्री जयशंकरले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन्। साथै, उनले रायसिना संवादमा नेपालको सक्रिय सहभागिता देखेर खुशी लागेको जनाएका छन्।
फागुन ९ गते नयाँ दिल्ली गएका मन्त्री साउदले उक्त मञ्चलाई शुक्रबार सम्बोधन गरेका थिए। परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारतीय विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
