प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला पक्राउ

शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

काठमाडौँ– काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु फेला परेको छ।

शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ,” उनले भने, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ।”

काभ्रेपलान्चोकको चौरींदेउराली गाउँपालिका–३ घर भई काठमाडौँ कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्। 

त्यसपछि प्रहरीले खोजी शुरू गरेको थियो।