क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन्।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पीडितहरूको सहयोगार्थ क्यानले उक्त सहयोग गरेको हो।
पीडितलाई सहयोग गर्न क्यानले आईसीसी टी२० विश्वकप २०२४ को एशिया छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।
सोहीअनुरूप २० लाख सहयोग गरिएको क्यानले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
