एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित

अध्यक्ष पदका उम्मेदवारहरू डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन्। उनले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत प्राप्त गरे।

घोडाघोडी– नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन्। 

उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन्। ढुंगानाले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत प्राप्त गरे।

निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गंगाकुमारी चौधरी विजयी भएका छन्। 

मतदान शुक्रबार राति सकिएको थियो। मतगणना भने बिहान सकिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन ६ गते अधिवेशन उद्घाटन गरेका थिए। 

५९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा ५७७ मत खसेको थियो।