सत्यमोहनको हेरचाहका लागि सरकारले नर्स उपलब्ध गराउने

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाहका लागि सरकारले स्वास्थ्य मन्त्रालयमार्फत नर्स उपलब्ध गराउने भएको छ।

काठमाडौँ- सरकाले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको हेरविचार र स्याहारका लागि नर्स उपलब्ध गराउने भएको छ। 



असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आइतवार जानकारी दिए।



सरकारले जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत एकजना नर्स उपलब्ध गराउने निर्णय गरेको उनले बताए।