प्रधानमन्त्री दाहालले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए।
धनुषा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन्। उनले मधेशको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे।
सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए।
“अब संघीयता सबल रूपमा कार्यान्वयन हुन्छ। केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ,” उनले भने।
प्रधानमन्त्री दाहालले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे। नेपालको भूगोलअनुसार झोलुंगे पुलको महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका विभिन्न स्थानमा झोलुंगे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए।
निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार ५००.४४ मिटर लामो पुल हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
