सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिमा चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।
राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद् भवनमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिमा चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका हुन्।
“अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभूति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ। तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाइ छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ,” उनले भने, “स्वास्थ्य बीमालाई ठीक ढंगले प्रयोग गर्नेबारेमा जनप्रतिनिधि र राजनीतिक दल, संघसंस्थाहरूमै चेतना छैन। सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ? भन्ने कुराकै जानकारी छैन।”
उनले राजनीतिक दल र जनप्रतिनिधिले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रममा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे।
उनले क्यान्सरजस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल, जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने गरेको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो।
“जनप्रतिनिधिहरूले यसलाई बुझाउने कुरालाई भयावह छ भनेर आत्तिएर बस्ने होइन कि त्यस रोगको उपचारको तयारी गर्ने। त्यो रोग लाग्न नदिने गरी चेतना फैल्याउने काम जनप्रतिनिधिहरूले गर्नुपर्छ,” उनले भने। उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए।
कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी थापा (रावल)ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन्। उनले पाठेघरको क्यान्सरविरुद्ध अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
“क्यान्सर रोगलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत समेटी उपचारको व्यवस्था मिलाउन सरकारसँग आह्वान गर्दछौँ। क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौँ,” उनले भनिन्, “किशोरीका लागि पाठेघरको क्यान्सरविरुद्ध अभियानलाई देशभर सञ्चालन गर्न सरकारसँग माग गर्दछौँ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराए। उनले काठमाडौँ उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताए।
“काठमाडौँ उपत्यकाका जनतालाई फोक्सोको क्यान्सर लाग्छ है भनेर सचेत गराउनुपर्ने भयो। गरिब क्यान्सरका कारण धेरै मरेको देखियो। यो समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने देखियो,” उनले भने, “यो रोग नियन्त्रणका लागि प्रमुख दलको शीर्ष नेताहरूको ध्यान जानुपर्ने देखियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
