यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी र मधेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। 

दिउँसो, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।