वाफ महिला च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा

शनिबार प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारीले २ गोल तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे। 

काठमाडौँ– नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

शनिबार प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारीले २ गोल तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे। 

नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै समूहको शीर्षस्थानमा रह्यो। यसअघि सिरिया र इराकलाई पराजित गरेको थियो।

नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार लेबनानको सामना गर्नेछ। अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइन खेल्नेछन्।