तुइन खोलामा पुल बनाउनका लागि गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा सडक बन्द गरेर पहाड काटिएको थियो। पहाड काट्ने काम सकिएकाले अब सडक दिउँसो पनि खुला हुने भएको छ।
भरतपुर– तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न दिउँसो चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक अब बन्द नहुने भएको छ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम सकिएकाले आइतबारदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए।
६० मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० सम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो। गत वर्ष जम्मा २५ मिटर मात्रै पहाड काटेर काम रोकिएको थियो। यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काटिएको थियो।
तुइन खोलामा ६० मिटर लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए। यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकसाथ ठेक्का लगाइएको थियो। अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन्। ६ पुलमा गाडी गुड्ने चरणमा छन्।
कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए। २०७६ चैतमा पुल निर्माण थालिएको थियो। पुलको लागत एक अर्ब २८ करोड छ। सडक विस्तारसँगै यो खण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ।
तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
