नेपालले नेदरल्यान्ड्ससँग टस हार्‍यो, पहिला ब्याटिङ गर्ने

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। सवा ९ बजे शुरू हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने छ।

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग२ को चौथो खेलमा नेदरल्यान्ड्ससँग खेल्न लागेको नेपालले टस हारेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। सवा ९ बजे शुरू हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने छ।

नेपालले टोलीमा आरिफ शेखलाई समेटेको छ। उनलाई देव खनालको स्थानमा टोलीमा समेटिएको हो। यसअघि भएको पहिलो र तेस्रो खेलमा नेपाल नामिबियासँग ४ र २ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। 

नेपाली टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिलकुमार शाह, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, गुल्शनकुमार झा, करण केसी र ललितनारायण राजवंशी छन्।