डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा १२औँ बिरामीको कलेजो प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा. डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले ३३ वर्षीय पुरुषमा सफल प्रत्यारोपण गरेको हो।
पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन्। पुरुष १६ दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएको डा. भण्डारीले बताए। त्रिवि शिक्षण अस्पतालमा यो नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा गरिएको दोस्रो कलेजो प्रत्यारोपण हो। यसअघि गत पुस २७ गते पहिलो कलेजो प्रत्यारोपण भएको हो।
डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।
“हाम्रै टिमले पहिलो प्रत्यारोपण सफल पर्दा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिम सक्षम छ भन्ने प्रमाणित भएको थियो,” उनले भने, “दोस्रो प्रत्यारोपण पनि सफल भएपछि अब हामी नियमित रूपमा कलेजो प्रत्यारोपण सेवा दिन सक्छौँ भन्ने विश्वास आर्जन भएको छ। हामी खुशी छौँ।”
त्रिवि शिक्षण अस्पतालमा यसअघि भएका सबै कलेजो प्रत्यारोपण सफल भएका थिए। अस्पतालमा भण्डारीकै पहल र नेतृत्वमा कलेजो प्रत्यारोपण शुरू गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
