शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ।
काठमाडाैँ– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहितको एम्बुलेन्सलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।
बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गाँजा बोकेर ल्याएको १ च २९३७ नम्बरको एम्बुलेन्स सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले आइतबार नियन्त्रणमा लिएको हो। चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ।
बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाइएकाे सुरक्षा बेस चतराले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
