कीर्तिपुरस्थित त्रिवि क्रिकेट टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको छ। नेपालका कुशल भुर्तेलले ९३ बलमा ८ चौकासहित ६६ रन बनाए।
काठमाडौँ– कुशल भुर्तेलको अर्धशतकमा घरेलु टोली नेपालले आईसीसी क्रिकेट विश्वकप लिग२ को चौथो खेलमा नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको हो।
नेपालका लागि ओपरनद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए। यद्यपि, आशिफ नवौँ ओभरको तेस्रो बलमा बास डे लिडबाट सिल्ली मिडअनमा १७ रनमा क्याचआउट भए। उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे।
११औँ ओभरको अन्तिम बलमा अनिलकुमार साह ७ रनमा भीभीएन किंग्माबाट बोल्ड भए। चौथो नम्बरमा कृजमा आएका कुशल मल्ल आर्यन दत्तबाट २ रनमा बोल्ड हुँदा नेपाल १२.६ ओभरमा ३-५४ को स्थितिमा थियो।
कुशल भुर्तेल र रोहितकुमार पौडेलले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए। तर, रोहित २५औँ ओभरको तेस्रो बलमा दत्तको बलमा १६ रनमा क्याचआउट भए।
दीपेन्द्रसिंह ऐरी १ रनमा रन आउट हुँदा भीम सार्की ८ बल खेल्दै खाता नखोलि बास डे लिडबाट क्याचआउट भए।
जमेर खेलिरहेका कुशल भुर्तेल ३७औँ ओभरको तेस्रो बलमा रोलफ भान डर मर्वबाट कट एन्ड बोल्ड भए। उनले ९३ बलमा ८ चौका सहित ६६ रन बनाए।
गुल्शनकुमार झा ५ रनमा आउट हुँदा आरिफ शेख २२ रन बनाउँदै सर्ट मिडअफमा २२ रनमा किंग्माबाट क्याचआउट भए।
यस्तै, करण केसी २६ रन बनाउँदै डीप एक्ट्रा कभरमा बास डेबाट क्याचआउट भए। ललितनारायण राजवंशी ४ बल खेल्दै अविजित रहे।
नेदरल्यान्ड्सका भीभीएन किंग्मा र आर्यन दत्तले ३/३ विकेट लिए। बास डे लिडले २ विकेट लिँदा रोलफ भान डर मर्वको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
