रास्वपा सांसद डा. वाग्लेले त्रिशूली नदीमा प्रस्तावित सुपर त्रिशूली हाइड्रोपावरले त्यहाँको र्याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको बताए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले त्रिशूली नदीमा प्रस्तावित १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका लागि प्रस्ताव दिन र लिनेमाथि संशय व्यक्त गरेका छन्।
उनले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित १०० मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावरले त्यहाँको र्याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको बताएका हुन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद डा. वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसमेत राम्ररी नगरिएको सदनलाई जानकारी गराए। आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरू प्रश्नको घेरामा रहेको उनको भनाइ थियो।
“पृथ्वी राजमार्गको फिस्लिङ खण्ड जुन अलिकति रणनीतिक र संवेदनशील खण्ड पनि हो। त्यहाँ १०० मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर प्रस्तावित रहेछ। यसले र्याफ्टिङ गतिविधि,पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय उत्पन्न भएको छ। ईआईए पनि राम्ररी नगरिएको गुनासो छ” उनले भने, “आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरू प्रश्नको घेरामा छन्।”
त्यस्तै, रास्वपाकै सांसद हरि ढकालले कृषकका लागि कृषिमन्त्रीले कुनै काम नगरेको भन्दै आक्रोश पोखे। प्रतिनिधिसभा बैठकमा सांसद ढकालले भने, “तपाईं कृषिमन्त्री भएपश्चात् मनलाग्दी नियुक्तिबाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम्रो काम के हो ? सदनमा आएर भनिदिनुहोस्।’
उनले दूध किसानले भुक्तानी नपाउँदा ‘मिल्क होलिडे’ शुरू गरेको भन्दै सरकार र कृषिमन्त्रीले किसानका समस्या सम्झेर र बुझेर समाधान गर्ने तत्परता देखाउनुपर्नेमा जोड दिए। सरकारले किसानको समस्या नसुने किसानले आन्दोलन गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले सरकारलाई किसानको समस्या समाधानको पहल गर्न ध्यानाकर्षण गराए।
“अब यो सरकारका कृषिमन्त्रीलाई बिउँझाउनलाई किसानहरूले पालेका पशुचौपाया सिंहदरबारमा ल्याएर हुल्दिने हो कि बालुवाटार हुल्दिने हो? नत्र सरकार बिउँझिँदैन” उनले भने, “किसानले दूध पोखेर गरेको तयारी सांकेतिक आन्दोलन मात्र हो। अब किसानले गोठमा पालेको पशुचौपाया सिंहदरबार र बालुवाटार लगेर हुल्दिन्छन् त्यसका लागि सरकार तयार रहोस्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
