एन्फाका बहुमत सदस्यले सोमबार हुने नियमित साधारणसभाका लागि समावेश गरिएको विषयसूचीमा असहमति जनाएका छन्।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यले सोमबार हुने नियमित साधारणसभाका लागि समावेश गरिएको विषयसूचीमा असहमति जनाएका छन्।
आइतबार वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसीसहित केन्द्रीय सदस्य रमेश व्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रवीन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी र पेमा लामाले असहमति जनाउँदै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई इमेल पठाएका हुन्।
फागुन ३ गतेदेखि ६ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले साधारणसभामा प्रस्तुत गरिने विषयसूची तय गरेको थियो। तर, निर्णयभन्दा बाहिर गएर अरू विषयसूची केन्द्रीय समितिबाट पास भएको भनी पत्राचार गरिए पनि महासचिव किरण राईले आफूहरूको उपस्थितिको दुरुपयोग गरेको असहमति पत्रमा उल्लेख छ।
यस्तै, आव २०७९/०८० को लेखा परीक्षण प्रतिवेदनका सम्बन्धमा कार्यसमिति छलफल भएको पत्रमा उल्लेख छ। तर, यसमा रहेका सम्पूर्ण कैफियतको निराकरण नभएसम्म पास नगर्ने भनिएकोमा त्यसलाई सोही रूपमा पेश गरिएको भन्दै पत्रमा आपत्ति जनाइएको छ।
“यसलाई यसै रूपमा साधारणसभा पेश गरिने हो भने लेखा परीक्षकले प्रस्तुत गरेको म्यानेजमेन्ट लेटर साधारणसभा सम्पूर्ण सदस्यहरूलाई लेखा परीक्षण प्रतिवेदनसँगै वितरण गरिनुपर्दछ। लेखा परीक्षण प्रतिवेदनको सम्पूर्ण जिम्मेवारी अध्यक्ष, महासचिव र कोषाध्यक्षले लिनुपर्नेछ,” असहमति पत्रमा भनिएको छ।
यस्तै, संघको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताव (तीन महलेसहित) कार्यसमिति बैठकमा आर्थिक समिति गठन भएको पत्रमा उल्लेख छ। तर, त्यसपश्चात् सो समितिले दिएको सुझावको आधारमा छलफल गर्ने विषय असहमति पत्रमा उल्लेख छ। कार्यसमिति बैठकमा निर्णय नभएका विषयहरूलाई साधारणसभामा पेश गर्न लागिएको बहुमत सदस्यले दाबी गरेका छन्।
“कार्यसमितिको बैठकमा छलफल भएका तर निर्णय नभएका विषयहरूलाई साधारणसभामा पेश गर्न लागिएकाले यसमा हाम्रो गम्भीर आपत्ति र असहमति रहेको छ। हाम्रो उपस्थितिको दुरुपयोग भएको अवस्था र कार्यसमितिको बैठक (३–६)को निर्णय पुस्तिका १५ दिने हदम्याद कायम गर्दा साधारणसभाको विशेष परिस्थिति भएकाले साधारणसभाभन्दा अगाडि बैठक आह्वान गरी निर्णय पुस्तिका कार्यसमितिमा उपलब्ध गराउनु हुनको लागि अनुरोध गर्दछौँ,” पत्रमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
