गत मंसिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।
काठमाडौँ– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.८१ अंकले ओरालो लागेको छ। परिसूचक १.३३ प्रतिशतले घटेर १९७९.०२ बिन्दुमा कायम भएको हो।
गत मंसिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो। आइतबार विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री भयो। सो क्रममा तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेका छन्। वित्त समूह १.४० र उत्पादन तथा प्रशोधन समूह ०.८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २.४२ प्रतिशतले घटेको छ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ। यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ बराबरको चार लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
