बुधबार राति सम्पन्न खेलमा जापानले चार पटकको विश्वविजेता जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ।
काठमाडौँ– एशियाली राष्ट्र जापानले कतार विश्वकप २०२२ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा जर्मनीमाथि पुनरागमन जित हासिल गरेको छ।
खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार राति सम्पन्न खेलमा जापानले चार पटकको विश्वविजेता जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो।
खेलको ३३औँ मिनेटमा जर्मनीले पेनाल्टी पाएको थियो। डेविड रमलाई गोलरक्षक शुइची गोन्डाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। इल्के गुन्डोगनले पेनाल्टीमा गोलरक्षकलाई विपरीत दिशामा पठाउँदै अग्रता दिलाए।
७५औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा प्रवेश गरेका रित्सु डोआन र ताकुमी मिनामिनोबीच समन्वयमा जापान खेलमा फर्कियो। मिनामिनोको शुरुआती प्रहार जर्मनीका गोलरक्षक म्यानुएल नोएरले बचाए पनि रिबाउन्डमा डोआनले कुनै गल्ती गरेनन्।
८४औँ मिनेटमा ताकुमी असानोको गोल गरे। कोउ इताकुराले डिफेन्स लाइनबाट खेलेको लामो पासमा जर्मनीको अफसाइड ट्रयाप बिट गर्दै असानोले गोल गरेका थिए।
यस जितसँगै समूह ‘ई’ मा जापानले ३ अंक जोडेको छ। समूहको अर्को खेलमा बुधबार नै स्पेन र कोस्टारिका भिड्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
