प्रहरीले ‘एक मादक पदार्थ सेवन गरेको चालकले गलत काम गरेपछि सही काम गरेको’ जनाएको छ।
गाडी चलाएर कतै जानुपर्ने समयमा रक्सीले मात्तेपछि तपाईं के गर्नुहुन्छ? कुनै विकल्पबारे सोच्नुहुन्छ वा ट्राफिक प्रहरीलाई नै छलेर जान खोज्नुहुन्छ?
इंग्ल्यान्डको प्रहरीले ‘एक मादक पदार्थ सेवन गरेको चालकले गलत काम गरेपछि सही काम गरेको’ बताएको छ। यो यही फेब्रुअरी ११ को घटना हो। उत्तरी योर्कसायरस्थित एक प्रहरी बुथमा कसैले फोन गर्दै आफूले रक्सी पिएर गाडी चलाइरहेको जानकारी गराए। ती व्यक्तिले आफूले के गरिरहेको छु भन्ने पनि थाहा नभएको र आफ्नो पूरै हप्ता कठिन तवरले गुज्रेको बताए। प्रहरीका अनुसार ती व्यक्तिले आफू रक्सी पिएर गाडी चलाउन सक्ने अवस्थामा नरहेको बताउन खोजेका थिए। प्रहरीको टोली त्यस ठाउँमा पुग्दा ५२ वर्षीय ती व्यक्ति सडकको छेउमा भ्यानभित्र थिए।
ती व्यक्तिले कानूनले तोकेको न्यूनतम मात्राभन्दा तीन गुणा बढी रक्सी सेवन गरेको श्वास परीक्षणबाट पत्ता लाग्यो। त्यसपछि उनलाई पक्राउ गरेर एक रात हिरातमा राखेपछि मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
