इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट सुनसरीको इटहरीमा एक जनाको मृत्यु भएको छ।

विराटनगर– ट्रकको ठक्करबाट सुनसरीको इटहरीमा एक जनाको मृत्यु भएको छ।

आइतबार अपराह्न भएको दुर्घटनामा स्कुटरमा सवार इटहरी–५ का ३१ वर्षीय रोबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

ना ६ ख ६५७५ नम्बरको ट्रकले प्रदेश १–०२–०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। त्यसमा सवार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

ट्रक र चालक झापाको अर्जुनधारा–९ का ठाकुरलाल तामाङलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।