डलर देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका रामबहादुर तामाङले प्रहरीलाई यस्तो काम १० वर्षदेखि गर्दै आए पनि पक्राउ पर्नबाट जोगिएको बयान दिएका छन्।
काठमाडौँ– डलर देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। ठगीको आरोपमा पक्राउ परेकाहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा एक जना फोरेन एक्सचेन्ज सेन्टरका सञ्चालक छन् भने अर्का दुई जना श्रीमानश्रीमती छन्। प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकी श्रीमती ५१ वर्षीया बीबी तामाङ र काठमाडौँ गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मी पक्राउ परेको जनाएको छ।
यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक हुन्। उनले रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको प्रहरीले जनाएको छ। उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौँको ‘डिल’ गर्ने र एकान्तमा बोलाएर लट्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा खुलेको जनाएको छ। यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा यस्तै प्रकृतिका घटनामा संलग्न रहेको देखिएको छ। उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र यसअघि आफू जोगिँदै आएको बयान दिएका छन्।
“१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,” राठौरले भने, “डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ।”
प्रहरीले उनीहरूको साथबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका कागज, ७१ हजार रुपैयाँ र मोबाइल बरामद गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
