दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले २८ सरकारी कर्मचारी, शुरूका जग्गा दर्तावाला ३६ जना र बिगो असुल तथा जग्गा फिर्ता लिने प्रयोजनका लागि १०८ जना गरी १७२ जनालाई विपक्षी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोपमा २८ जना सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ।

अख्तियारले आइतबार झापाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा ऐन र नियमावली विपरीत सरकारी सार्वजनिक जग्गा हालसाबिक जग्‍गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको जग्गामा घुसाइ दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार नापी कार्यालय चन्द्रगढीका १०, मालपोत कार्यालय दमकका ११ र नापी कार्यालय दमकका सात कर्माचारी, शुरू जग्गा दर्तावाला ३६ जना र विगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका १०८ जना गरी १७२ जनाविरुद्ध आरोपपत्र दायर गरिएको हो।

सार्वजनिक जग्गाका रूपमा दर्ता गर्नुपर्ने ३९७ रोपनी आठ आना एक पैसा तीन दाम जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको आयोगले जनाएको छ। सो जग्गाको न्यूनतम मूल्यांकन ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ कायम हुन आउने देखिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारी कर्मचारीले पदको दुरुपयोग गरी आफू तथा शुरू जग्गा दर्तावालालाई लाभ र सरकारी/सार्वजनिक संस्थालाई हानि पुर्‍याउने बदनियतले हालसाबिक जग्गादर्ता प्रक्रियाबाट सरकारी, सार्वजनिक जग्गा घुसाइ व्यक्ति विशेषको नाममा कायम गरी गराइ भ्रष्टाचारजन्य कसुर गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।


आरोपपत्र दायर गरिएको ।

जिल्ला झापा, साविक दमक ६ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नं. १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) कित्ताहरु कि.नं. 760/1, 761, 762, 773, 783, 784, 786, 787, 788 र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरु २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएकोमा उक्त कित्ताहरु नापी कार्यालय, चन्द्रगढी, झापा, मालपोत कार्यालय, दमक, झापा र नापी कार्यालय, दमक, झापाबाट पुन:नापीका बखत विभिन्न व्यक्तिहरुको जग्गामा घुसाई हालसाविक प्रक्रियाबाट जग्गादर्ता भएको। जग्गा (नाप जाँच) ऐन, 2019 को दफा 6 को उपदफा (6ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५) बाट समेत साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्ने देखिँदा उक्त ऐन र नियमावली विपरित सरकारी सार्वजनिक जग्गा हालसाविक जग्‍गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको जग्गामा घुसाई दर्ता गरेको, शुरु नापीको सरकारी सार्वजनिक जग्गाहरुबाट क्षेत्रफल 2,02,236.22 व.मि. (29 विगाहा 17 कठ्ठा 4 धुर) (397 रोपनी 8 आना 1 पैसा ३ दाम) जग्गा गैरकानूनीरुपमा व्यक्ति विशेषको नाममा घुसाई हालसाविक जग्गादर्ता भएकोमा सो जग्गाहरुको न्युनतम मूल्याङ्कन रु. 34,66,54,849।65 (अक्षरेपि चौतस करोड छैसठ्ठी लाख चौवन्न हजार आठ सय उनन्पचास रुपैयाँ पैसठ्ठी पैसा मात्र) हुन आउने देखिएको। प्रस्तुत मुद्दामा सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय, चन्द्रगढी, झापाका कर्मचारीहरु १० (दश) जना, मालपोत कार्यालय, दमक, झापाका कर्मचारीहरु ११ (एघार) जना, नापी कार्यालय, दमक, झापाका कर्माचारीहरु ७ (सात) जना, सरकारी सार्वजनिक जग्गा गैह्रकानूनी तरिकाले हालसाविक जग्गादर्ता प्रकृयाबाट आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला 36(छत्तीस) जना र विगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाईएका प्रतिवादीहरु 108 (एक सय आठ) जना गरी जम्मा प्रतिवादीको संख्या 172 (एक सय बहत्तर) रहेको।

नापी कार्यालय, चन्द्रगढी, झापा र मालपोत कार्यालय, दमक, झापाका तपसिल बमोजिमका प्रतिवादी कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गरी आफू तथा शुरु जग्गा दर्तावालाहरुलाई लाभ र सरकारी/सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले हालसाविक जग्गादर्ता प्रक्रियाबाट सरकारी, सार्वजनिक जग्गा घुसाई व्यक्ति विशेषको नाममा कायम गरी गराई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवानाको सजाय गरी बिगो असुल उपर हुन मागदावी लिई विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

तपसिल

सि.नं.

प्रतिवादिको नामथर, पद, कार्यालय

विगो (रु.)

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झा र निजको श्रीमती अनार देवी झा

रु. 30,02,71,926।६५ (अक्षरेपि तीस करोड दुई लाख एकहत्तर हजार नौ सय छब्बिस रुपैयाँ पैसठ्ठी पैसा मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपाने

रु.2,03,105।०० (अक्षरेपि दुई लाख तीन हजार एक सय पाँच मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्व. संसार नाथ पाण्डे र निजको श्रीमती सावित्री पाण्डेय

रु.67,707।50 (अक्षरेपि सठ्सठ्ठी हजार सात सय सात रुपैयाँ पचास पैसा मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुक

रु. 14,27,600।30 (अक्षरेपि चौध लाख सत्ताईस हजार छ सय रुपैयाँ तीस पैसा मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक सिताराम यादव

रु. 24,42,39,297.35 (अक्षरेपि चौबीस करोड बयालिस लाख उनान्चालीस हजार दुई सय सन्तानब्बे रुपैयाँ पैतिस पैसा मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक विन्देश्वर पंजियार सुडी

रु. 29,68,94,777.35 (अक्षरेपि उनन्तिस करोड अठ्सठ्ठी लाख चौरानब्बे हजार सात सय सतहत्तर रुपैयाँ पैतिस पैसा मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक गणेश कुमार धिमाल

रु. 5,14,89,649।50 (अक्षरेपि पाँच करोड चौध लाख उनान्नब्बे हजार छ सय उनान्चास रुपैयाँ पचास पैसा मात्र)

8

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक जगदीश प्रसाद यादव

रु. 22,30,619।50 (अक्षरेपि बाईस लाख तिस हजार छ सय उन्नाईस रुपैयाँ पचास पैसा मात्र)

9

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन सर्भेक्षक मिन बहादुर प्रधान

रु. 21,02,537.50 (अक्षरेपि एक्काईस लाख, दुई हजार, पाँच सय सैतीस रुपैयाँ पचास पैसा मात्र)

10

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नायब सुब्बा रुद्र प्रसाद श्रेष्ठ

रु. 24,33,724.50 (अक्षरेपि चौबिस लाख तेत्तिस हजार सात सय चौबिस रुपैयाँ पचास पैसा मात्र)

11

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत स्व. बच्चुराम कार्की र निजको श्रीमती शर्मीला कार्की

रु. 3,39,19,865.00 (अक्षरेपि तीन करोड उनान्चालिस लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुपैयाँ मात्र)

12

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन मालपोत अधिकृत होमनाथ सेढाई

रु. 32,50,537.50 (अक्षरेपि बत्तिस लाख पचास हजार पाँच सय सैतिस रुपैयाँ पचास पैसा मात्र)

13

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन मालपोत अधिकृत तारानाथ दंगाल

रु. 89,74,500.00 (अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र)

14

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा स्वर्गिय अर्जुन पोख्रेल र निजको श्रीमती रञ्जना दाहाल

रु. 25,742।50 (अक्षरेपि पच्चिस हजार सात सय बयालिस रुपैयाँ पचास पैसा मात्र)

15

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा ज्ञानु सिवाकोटी

रु. 4,23,115.00 (अक्षरेपि चार लाख तेईस हजार एक सय पन्ध्र रुपैयाँ मात्र)

16

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुव्वा कृष्ण भट्टराई

रु. 4,57,21,787.50 (अक्षरेपि चार करोड सन्ताउन्न लाख एकाईस हजार सात सय सतासी रुपैयाँ पचास पैसा मात्र)

17

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा खड्ग बहादुर खड्का

रु. 2,80,17,287.50 (अक्षरेपि दुई करोड असी लाख सत्र हजार दुई सय सतासी रुपैयाँ पचास पैसा मात्र)

18

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा राज कुमार राई

रु. 3,97,372.50 (अक्षरेपि तीन लाख सन्तानब्बे हजार तीन सय बहत्तर रुपैयाँ पचास पैसा मात्र)

19

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन मालपोत अधिकृत भिष्मराज भट्टराई

रु. 2,47,66,750.00 (अक्षरेपि दुई करोड सठ्चालिस लाख छैसठ्ठी हजार सात सय पचास रुपैयाँ मात्र)

20

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा रोहित कुमार कोइराला

रु. 89,74,500.00 (अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र)

21

मालपोत कार्यालय, दमक, झापाका तत्कालीन नायब सुब्बा डिल्लीराम कोइराला

रु. 32,50,537.50 (अक्षरेपि बत्तिस लाख पचास हजार पाँच सय सैतिस रुपैयाँ पचास पैसा मात्र)

नापी कार्यालय, दमक, झापाका तपसिल बमोजिमका प्रतिवादी कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गरी आफू तथा शुरु जग्गा दर्तावालाहरुलाई लाभ र सरकारी/सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले सरकारी सार्वजनिकसमेतका जग्गा व्यक्ति विशेषको जग्गामा नघुसेको भनी मालपोत कार्यालय, दमक, झापामा गलत विवरण तयार गरी पठाएकोमा उक्त गलत विवरण नै स्वीकार गरी मालपोत कार्यालय, दमक, झापावाट सरकारी सार्वजनिक जग्गा घुसाई व्यक्ति विशेषको नाममा हालसाविक दर्ता भएको हुँदा तपसिल बमोजिमका प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) देहाय (ज) र दफा 9 बमोजिमको कसुरमा तपसिल बमोजिमको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय गरी बिगो असुल उपर हुन र सोही ऐनको दफा 9 बमोजिमसमेत सजाय हुन मागदावी लिइएको छ।

तपसिल

सि.नं.

प्रतिवादिको नामथर, पद, कार्यालय

विगो (रु.)

नापी कार्यालय, दमक, झापाका तत्कालीन नापी अधिकृत शेष बहादुर श्रेष्ठ

रु. 4,23,115।०० (अक्षरेपि चार लाख तेईस हजार एक सय पन्ध्र रुपैयाँ मात्र)

नापी कार्यालय, दमक, झापाका तत्कालीन नापी अधिकृत सियालाल राम

रु. ३,67,47,287.50 (अक्षरेपि तीन करोड सठ्सठ्ठी लाख सठ्चालिस हजार दुई सय सतासी रुपैयाँ पचास पैसा मात्र)

नापी कार्यालय, दमक, झापाका तत्कालीन नापी अधिकृत स्टालिन भण्डारी

रु.89,74,500।00 (अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापा र नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक विनोद कुमार मण्डल

रु. ४,86,80,905.00(अक्षरेपि चार करोड छयासी लाख असी हजार नौ सय पाँच रुपैयाँ मात्र)

नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक इद्रिस नदाफ

रु. 3,68,32,302.50 (अक्षरेपि तीन करोड अठ्सठ्ठी लाख बत्तिस हजार तीन सय दुई रुपैयाँ पचास पैसा मात्र)

नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक डिल्ली कुमार लिम्बु

रु. 89,74,500.00 (अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ मात्र)

नापी कार्यालय, दमक, झापाका तत्कालीन सर्भेक्षक कृष्ण देव राम

रु. 35,88,637.50 (अक्षरेपि पैतिस लाख अठासी हजार छ सय सैतिस रुपैयाँ पचास पैसा मात्र)

नापी कार्यालय, चन्द्रगढी, झापा अन्तर्गतको नापी टोलीबाट हालसाविक जग्गादर्ता गर्दा सरकारी सार्वजनिक जग्गा आफ्नो जग्गामा घुसाई दर्ता गर्ने तपसिल बमोजिमका प्रतिवादीहरुले शुरु नापीमा सरकारी सार्वजनिक कायम भएका जग्गाहरुबाट पुन: नापीका बखत बदनियत राखी हालसाविक जग्गा दर्ता प्रक्रियाबाट आफ्नो नाममा कायम गरी गराई आफू तथा अन्य प्रतिवादीहरुलाई गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई गैरकानूनी हानी पुर्‍याएको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ बमोजिमको कसुर गरेकोले निजहरुलाई तपसिल बमोजिमको बिगो कायम गरी मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (ज) बमोजिम हुने सजायलाई आधार मानी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ को प्रतिबन्धात्मक वाक्यांस बमोजिम मुख्य कसुरदारहरुलाई हुने सरह सजाय गरी बिगो असुलउपर हुन मागदावी लिइएको छ।

तपसिल

सि.नं.

शुरु जग्गादर्ता वालाको नाम

(प्रतिवादीहरु)

जम्मा विगो (रु.)

रेवत राज पुरी

6,02,70,499 ।00 (अक्षरेपि छ करोड दुई लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ मात्र)

केशावती पुरी

84,89,165।00 (अक्षरेपि चौरासी लाख उनान्नब्बे हजार एक सय पैसठ्ठी रुपैयाँ मात्र)

मनमाया पुरी

5,70,28,380।00 (अक्षरेपि पाँच करोड सत्तरी लाख अठ्ठाईस हजार तीन सय असी रुपैयाँ)

देवकुमार पुरी

52,84,260।00(अक्षरेपि बाउन्न लाख चौरासी हजार दुई सय साठी रुपैयाँ)

डिल्लीराम पुरी

८२,९२,२८३।00 (अक्षरेपि बयासी लाख बयानब्बे हजार दुई सय त्रियासी रुपैयाँ)

देवरुपा पुरी

४,३२,६२,७८०।00(अक्षरेपि चार करोड बत्तिस लाख बैसठ्ठी हजार सात सय असी रुपैयाँ)

ममता पुरी घिमिरे

1,28,70,000।00 (अक्षरेपि एक करोड अठ्ठाईस लाख सत्तरी हजार रुपैयाँ)

माया पुरी पाण्डे

1,20,57,580।00(अक्षरेपि एक करोड बिस लाख सन्ताउन्न हजार पाँच सय असी रुपैयाँ)

कृष्णकुमार पुरी

91,04,480।00(अक्षरेपि एकानब्बे लाख चार हजार चार सय असी रुपैयाँ)

१०

प्रेमकुमार पुरी

1,94,63,332।70(अक्षरेपि एक करोड चौरानब्बे लाख त्रिसठ्ठी हजार तीन सय बत्तिस रुपैयाँ सत्तरी पैसा)

११

कुल बहादुर दाहाल

1,07,00,000।00 (अक्षरेपि एक करोड सात लाख रुपैयाँ)

१२

कृष्ण बहादुर विश्वकर्मा

4,18,725।30 (अक्षरेपि चार लाख अठार हजार सात सय पच्चीस रुपैयाँ तिस पैसा)

१३

कौमारी बस्नेत

3,17,660।00 (अक्षरेपि तीन लाख सत्र हजार छ सय साठ्ठी रुपैयाँ)

१४

खड्ग बहादुर दाहाल

1,07,00,000।00(अक्षरेपि एक करोड सात लाख रुपैयाँ)

१५

गिता देवी शर्मा

5,44,000।00 (अक्षरेपि पाँच लाख चौवालीस हजार रुपैयाँ)

१६

गोपाल अधिकारी

1,23,240।00 (अक्षरेपि एक लाख तेईस हजार दुई सय चालीस रुपैयाँ)

१७

जंग बहादुर थापा

67,707।50 (अक्षरेपि सठ्सठ्ठी हजार सात सय सात रुपैयाँ पचास पैसा)

१८

ताराविर विष्ट

42,04,200।00 (अक्षरेपि बयालीस लाख चार हजार दुई सय रुपैयाँ)

१९

तेज बहादुर दाहाल

1,09,20,000।00 (अक्षरेपि एक करोड नौ लाख बीस हजार रुपैयाँ)

२०

थान बहादुर दाहाल

1,07,00,000।00 (अक्षरेपि एक करोड सात लाख रुपैयाँ)

२१

धन बहादुर थापा

6,48,830।00 (अक्षरेपि छ लाख अठ्चालीस हजार आठ सय तिस रुपैयाँ)

२२

प्रेम कुमारी पंजीयार(साह)

28,25,410।00 (अक्षरेपि अठ्ठाईस लाख पच्चीस हजार चार सय दश रुपैयाँ)

२३

बाल कुमारी यादव

४६,८२,८००।00 (अक्षरेपि छयालीस लाख बयासी हजार आठ सय रुपैयाँ)

२४

बुद्धि मान राई

2,03,105।00 (अक्षरेपि दुई लाख तीन हजार एक सय पाँच रुपैयाँ)

२५

भिमसेन प्रसाद अधिकारी

38,05,360।00 (अक्षरेपि अठ्तीस लाख पाँच हजार तीन सय साठ्ठी रुपैयाँ)

२६

युवराज थापा

4,20,402।50 (अक्षरेपि चार लाख बीस हजार चार सय दुई रुपैयाँ पचास पैसा)

२७

लक्ष्मी माया थापा

14,53,707।50 (अक्षरेपि चौध लाख त्रीपन्न हजार सात सय सात रुपैयाँ पचास पैसा)

२८

विमला देवी पौडेल

16,52,040।00 (अक्षरेपि सोह्र लाख बाउन्न हजार चालीस रुपैयाँ)

मालपोत कार्यालय, दमक, झापाबाट तपसिल बमोजिमका प्रतिवादीहरुले हालसाविक जग्गादर्ता गर्दा सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा घुसेको देखिदा देखिदै पनि नापी कार्यालय दमक झापालाई सरकारी सार्वजनिक जग्गा नघुसेको भनि गलत लिखत तयार गरी गर्न लगाई शुरु नापी 2021 सालमा सरकारी/सार्वजनिक कायम भएका जग्गाहरुबाट पुन: नापीका बखत आफ्नो नाममा कायम गरी आफू तथा अन्य प्रतिवादीहरुलाई गैरकानूनी लाभ तथा नेपाल सरकार/सार्वजनिक संस्थालाई गैरकानूनी हानी पुर्‍याउने कसुर जन्य कार्य गरेको देखिँदा निज प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (ज) र दफा 9 बमोजिमको कसूरको सम्पत्ति लिने खाने प्राप्त गर्ने प्रकृतिको मतियार भई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादीहरुलाई तपसिल तालिका बमोजिमको बिगो कायम गरी मुख्य कसूरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (ज) र दफा 9 वमोजिम हुने सजायलाई आधार मानी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदारलाई हुने सरह सजाय गरी तपसिलमा उल्लेख भए बमोजिम प्रतिवादीहरुबाट बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको छ।

तपसिल

सि.नं.

शुरु जग्गादर्ता वालाको नाम

(प्रतिवादीहरु)

जम्मा विगो (रु.)

1

उमा श्रेष्ठ

25,742।50 (अक्षरेपि पच्चीस हजार सात सय बयालीस रुपैयाँ पचास पैसा)

2

गंगा देवी घिमिरे(राधा)

59,272।50 (अक्षरेपि उनान्साठ्ठी हजार दुई सय बहत्तर रुपैयाँ पचास पैसा)

2

टंक देवी पौडेल

87,30,000।00 (अक्षरेपि सतासी लाख तिस हजार रुपैयाँ)

4

तुलसी देवी पौडेल

1,17,45,000।00 (अक्षरेपि एक करोड सत्र लाख पैतालिस हजार रुपैयाँ)

5

प्रमोद पौड्याल

89,74,500।00 (अक्षरेपि उनान्नब्बे लाख चौहत्तर हजार पाँच सय रुपैयाँ)

6

लछि माया बस्नेत

32,50,537।50 (अक्षरेपि बत्तिस लाख पचास हजार पाँच सय सैतीस रुपैयाँ पचास पैसा)

7

विश्वेश्वर पौड्याल

1,30,21,750।00 (अक्षरेपि एक करोड तिस लाख एक्काईस हजार सात सय पचास रुपैयाँ)

8

हर्क लाल विश्वकर्मा

3,38,100।00 (अक्षरेपि तीन लाख अठ्तिस हजार एक सय रुपैयाँ)

साथै, प्रतिवादीहरु अनु राना, अनुप नेम्वाङ्ग, अशोक शाह, इन्द्र प्रसाद ढकाल, उमा श्रेष्ठ, उर्मिला तिम्सिना, पुष्पा तिम्सिना, उर्मिला बराल, उर्वशी थापा, कमल कुमारी ढ्याकी, कमल प्रसाद खनाल, कुन्ती राना, कुमारी माया मगरनी, कुमारी सोनिका खड्गी, कृष्ण कुमार राई, कृष्ण बहादुर विश्वकर्मा, केशावती पुरी, कौमारी बस्नेत, खडानन्द दाहाल, खड्ग बहादुर दाहाल, खड्गमाया कार्की, खेसीमाया दर्लामी मगर, गायत्री तिम्सिना,  गिता पौडेल, गिता राना मगर मुर्मु, घनश्याम सुवेदी, चन्द्र प्रसाद मिश्र, चन्द्र बहादुर पुन मगर, चुनादेवी थुम्फारा, जय नारान थेगीम, जित बहादुर श्रेष्ठ, झुना देवी थापा, टेक माया खरेल, डिल्लीराम पुरी, तिलक बहादुर लिम्बु, तुलसा देवी पाठक, तुलसी पराजुली, तुलसी प्रसाद पौडेल, तृप्ता ढकाल, तेज बहादुर दाहाल, थान बहादुर दाहाल, दिपक कुमार बस्नेत, दुर्गा बाँनिया, देवरुपा पुरी, धर्मेन्द्र खड्गी, धिरेन्द्र बहादुर सम्बाहाम्फे (लिम्बु), रामहरी के.सी., नईन कला लुईटेल, नजरमान स्याङ्गतान, नर्वदा खरेल, निर्मला देवी पंडित, पिंकि भण्डारी, पूर्ण बहादुर लिम्बु, पूर्ण बहादुर राई, पूर्वी किरण इन्भेष्टमेन्ट प्रा.लि., दमक नगरपालिका वडा नं. १३, झापा, प्रकाश नवाछेँ श्रेष्ठ, प्रमिला बस्नेत गोदार, प्रमोद पौड्याल, प्रसिद्धि सप्लायर्स एण्ड कम्पनी प्रा.लि. विर्तामोड नगरपालिका वडा नं. ४, झापा, प्रेम कुमार पुरी, प्रेम कुमारी उप्रेती, प्रेम कुमारी पंजियार (साह), बलराम तामाङ्ग, बाल कुमारी गुरागाई, बाल कुमारी यादव, बुद्धिमान राई, भक्त बहादुर कटुवाल, भिवोर विकास बैंक हाल लुम्बिनी विकास बैंक लि., प्रधान कार्यालय, डिल्लीबजार काठमाडौँ, भुमिका कोइराला, भेष बहादुर शेर्मा, मनमाया पुरी, माया पुरी (पाण्डे), मुक्ती नाथ गौतम, मुना भट्टराई, युनिटी एण्ड होम मेकर प्रा.लि., युनिषा श्रेष्ठ, रतन राई, रनमाया थापा पौडेल, रमेश भट्टराई, रश्मि निरौला, स्वायस्ना पराजुली, राज कुमारी राना, राजमाया राई, राम कुमार रमण यादव, राम प्रसाद पोखरेल, रिता उप्रेती खड्का, रेखा थापा (राना), रेनुका बलम्पकी मगर, रेनुका राई, रेवत राज पुरी, लक्ष्मी भट्टराई (गिरी), लक्ष्मी माया थापा, लछि माया बस्नेत, लिला माया दर्लामी मगर, लेखनाथ रिजाल, विजय राई, विनोद कुमार मण्डल, विन्दा कुमारी राई, विष्णु प्रसाद थेगिम, वोसोमाया धिमाल, शन्त बहादुर तामाङ, शान्ता चौलागाई, शुष्मा भट्टराई, युवराज दर्लामी मगर, शेर सिंह दर्लामी मगर, श्रीमती पोषक कुमारी पोखरेल, श्रीमती पुष्पा राना मगर, सन्तोष राई, सविता आले मगर, सविना माझी, सष्टिका राई, सिद्धिमान मगर, सुनधारा सपिङ्ग मल प्रा.लि., काठमाडौँ महानगरपालिका वडा नं. २२, काठमाडौँ, सुरेश उप्रेती, सम्झना मल्ल, हर्क बहादुर कटुवाल, सुबोध साह, सुशिला निरौला, सृजना रिजाल भट्ट, हरी प्रसाद शिवाकोटी, हर्कलाल विश्वकर्मा, हर्कमाया भण्डारीको नाममा जग्गा धनी श्रेस्ता पूर्जा रहेको सरकारी सार्वजनिक सम्पत्ति (जग्गा) व्यक्तिको नाममा घुसे घुसाएको पुष्टी भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ समेतको कानूनी प्रावधान बमोजिम उक्त सरकारी सार्वजनिक जग्गालाई पूर्ववत रुपमा कायम गरी नेपाल सरकारका नाममा ल्याउन समेतको मागदाबी लिइएको छ।