त्रिदेशीय टी२० श्रृंखलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टी२० श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो।
नेपालले घरेलु मैदानमा मंगलबारदेखि त्रिदेशीय टी२० श्रृंखला खेल्दै छ। नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग टी२० श्रृंखला खल्ने भएको हो।
यसका लागि घोषणा गरिएको टोलीमा कप्तान रोहितबाहेक आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी रहेका छन्।
त्यस्तै, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, आरिफ शेख, सागर ढकाल र अभिनाश बोहरा रहेका छन्। खेल त्रिवि क्रिकेट मैदानमा हुने छ।
नेपालले यसअघि दुवै टोलीसँग आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो शृंखला खेलेको थियो। नेपालले घरेलु मैदानमा एक खेलमा मात्रै जित हात पार्यो।
नेपाल पहिलो र तेस्रो खेलमा नामिबियासँग पराजित भयो। नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको थियो। तर नेपाल आइतबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्ससँगै ८ विकेटले पराजित भयो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
