गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडाैँ– हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली  रहि बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिनभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति पनि आंशिकदेखि साधारणतया बदली रही उच्च पहाडी तथा हिमाली भगेका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातका कारण त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ।