वेम्बलीमा आइतबार राति भएको फाइनल खेलमा भर्जिल भान डाइकले गरेको गोलले लिभरपुललाई काराबाओ कपको उपाधि दिलायो।
लन्डन क्लब चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ कपको उपाधि जितेको छ।
वेम्बलीमा आइतबार राति भएको फाइनल खेलमा भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलमा लिभरपुलले चेल्सीलाई १–० ले हराएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा डाइकले हेडमार्फत लिभरपुलका लागि विजयी गोल गरे।
निर्धारित समयको खेलमा लिभरपुललाई दबाबमा राखे पनि चेल्सीले गोल गर्न सकेन। उसका केही प्रहार पोस्टमा लागेर फर्किएका थिए। खेलको शुरूआतमै लिभरपुलले अग्रताको अवसर गुमाएको थियो। डाइककै हेडमार्फत गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए।
वेम्बलीमा चेल्सीविरुद्ध खेलिएका तीन वटै फाइनलमा यस सिजन लिभरपुलले उपाधि हासिल गरेको छ। यसअघिका दुई फाइनल पेनाल्टी सुटआउटमा जिते पनि लिभरपुलले कारबाओ कपको उपाधि अतिरिक्त समयमै हासिल गर्न सफल रह्यो।
लिभरपुलले काराबाओ कप ट्रफीसँगै एक लाख र दोस्रो भएको चेल्सीले ५० हजार पाउन्ड रकम प्राप्त गरेका छन्। सेमिफाइनलमा पराजित भएका फुलह्याम र मिडल्सब्रोले २५ हजार पाउन्ड मात्र पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
