हजारौँ रुसी र कम संख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलंकामा बसेको विश्वास गरिएको छ।
मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलंकाले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त गरेको छ।
“सरकारले भिसाको थप म्याद दिइरहेको छैन,” प्रस्थानका लागि मार्च ७ को समयसीमा दिँदै आइतबार अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भने, “उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन।”
आधिकारिक आँकडाअनुसार पछिल्लो दुई वर्षमा दुई लाख ८८ हजारभन्दा धेरै रुसी र करिब २० हजार युक्रेनीले श्रीलंकाको भ्रमण गरेका थिए। कति मानिस सामान्य ३० दिने पर्यटक भिसाभन्दा बढी समयसम्म बसे भन्ने स्पष्ट छैन।
यद्यपि हजारौँ रुसी र कम संख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलंकामा बसेको विश्वास गरिएको छ। श्रीलंका बसेका केहीले रेस्टुरेन्ट शुरू गरेका छन् भने केहीले रात्रिकालीन क्लबहरू स्थापना गरेका छन्।
दक्षिणी तटीय शहर उनावटुनामा ‘श्वेत मानिस मात्र’ को पार्टी आयोजना गर्ने एक रुसी–सञ्चालित रात्रिकालीन क्लबविरुद्ध सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया आएपछि सरकारको उक्त निर्णय आएको हो।
मुलुकलाई सन् २०२२ को मध्यदेखि आफ्नो सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कन विदेशी मुद्राको सख्त आवश्यक भएपछि श्रीलंकाले आगमनमा ३० दिने भिसा दिएर पर्यटनलाई प्रवर्द्धन गर्न खोज्यो।
सन् २०२२ अप्रिलमा श्रीलंकाले उसको ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेन र महिनौँसम्म सडकमा विरोध प्रदर्शनका कारण तीन महिनापछि तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले राजीनामा दिनुपर्यो।
अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको सहायताले अर्थतन्त्रलाई स्थिर बनाउन र खाना, इन्धन र औषधिजस्ता आवश्यक सामानको कमीलाई अन्त्य गर्न सहयोग गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
