दार्चुलामा नेपाली कांग्रेसका बडूले एमालेका ठगुन्नालाई दुई हजार १३४ मतान्तरले पराजित गरेका छन्।
दार्चुला– एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी बनेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडूले २८ हजार ५१५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार ३८१ मत ल्याए। मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार १५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो।
बडू एमालेका ठगुन्नाभन्दा दुई हजार १३४ मत बढी ल्याएर विजयी भएका हुन्। पराजित ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
यस्तै, दार्चुलामा प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (२) मा सत्ता गठबन्धनकै माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
