७० लाख बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ– पर्साको वीरगन्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको बिलबीजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो।

लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य ४० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।