अमेरिकी वायुसेनाका एक सदस्यले वाशिंगटन डीसीस्थित इजराइल दूतावास बाहिर आत्मदाहको प्रयास गरेका छन्।
अमेरिकी वायुसेनाका एक सदस्यले वासिंगटन डीसीस्थित इजराइल दूतावास बाहिर आत्मदाहको प्रयास गरेका छन्।
प्यालेस्टायनमाथि इजरायलले गरिरहेको निरन्तरको आक्रमणको विरोध गर्दै उनले आत्मदाह प्रयास गरेको बताइएको छ। समाचार एजेन्सी एपीले जनाएअनुसार उक्त घटनापछि ती सैनिक गम्भीर घाइते भएका छन्।
स्थानीय समयअनुसार आइतबार दिउँसोतिर दूतावास पुगेर उनले भिडियो प्रसारण प्लेटफर्म ट्विचमा लाइभ भिडियो गरेका थिए। भिडियो गरिरहँदा उनले आफ्नो फोन भुइँमा राखे र आफूमाथि ज्वलनशील पदार्थ खन्याएर आगो लगाए। उनले आगो लगाउँदै आफू इजरायलले गाजामा गरिरहेको नरसंहारमा सहभागी नहुने बताएका थिए। वायुसेवाका प्रवक्ताका अनुसार डिउटीमा खटिएकै बेला आत्मदाह प्रयास गरेका हुन्।
अहिले उक्त भिडियो लाइभ स्ट्रिमिंग मन्चबाट हटाइएको छ। तर सुरक्षाकर्मीले त्यसको एक प्रति प्राप्त गरेर अनुसन्धान गरिरहेको छ। गम्भीर घाइते ती सैनिकलाई अस्पताल भर्ना गरिएको छ। उनको नाम भने खुलाइएको छैन।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मन्त्रिपरिषद्मा गाजाको रफाह क्षेत्रमा आक्रमण गर्ने कुरा गरिरहेका बेला यो घटना भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
