राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्याएको क्षतिपछिको पुनर्निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्याएको क्षतिपछिको पुनर्निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्याएको क्षतिपछिको पुनर्निर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए।
उनले भूकम्पका कारण सञ्चार क्षेत्रमा पुर्याएको क्षतिबारे सरकारको ध्यानाकषर्ण गराए। सांसद शर्माले भने, “भूकम्पपछि प्रभावित क्षेत्रमा प्राविधिक रूपमा भूगोलको अध्ययन जरुरी छ। भूकम्पपछि भूगोल खस्किएको छ, चिरा परेको छ, फाटेको छ र प्रभावित क्षेत्र बसोबासका लागि उपयुक्त छ वा छैन, अध्ययन गर्न जरुरी छ।”
नेकपा (एमाले)का सांसद दीलकुमारी रावल थापा पार्वतीले चितवनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रको विकास आवश्यक रहेकोमा सरकारको ध्यानाकषर्ण गराए। उनले भने, “धार्मिक पर्यटनका सम्बन्धमा पवित्र नारायणी नदीको प्रमुख उदगमस्थल दामोदरकुण्ड, मुक्तिनाथ गोसाइगुण्ड, त्रिशुलीदेखि गोलाघाट अयोध्याधाम र त्रिवेणीधाम सम्मलाई विशेष क्षेत्रका रूपमा संरक्षण, सम्वर्द्धन गर्दै देवघाटलाई प्रमुख पर्यटकीय धार्मिक क्षेत्रको रूपमा विकास गर्नु पर्दछ।”
नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले जनताबाट निर्वाचित सांसदहरूले निर्वाचनका समयमा जनतासमक्ष गरेका बाचाहरू पूरा गर्नुपर्नेमा जोड दिए। मिटरब्याज पीडितको समस्या समाधान गर्नुपर्ने, जतिसक्दो चाँडो संघीय कानून बनाउनुपर्ने र कुनै राजनीतिक दल वा दलका नेतामा केन्द्रित गर्नेभन्दा पनि आगामी आर्थिक बर्षको बजेट जनताको पक्षमा बनाउनुपर्ने माग गरे।
सांसद सिंहबहादुर विश्वकर्माले दलित समुदायबारे संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण हुनुपर्नेमा जोड दिए। सांसदहरू नारायणप्रसाद दाहाल, इन्दु कडरिया, शेखरकुमार सिंह, नरपति लुहार र दीपा गुरुङले भ्रष्टाचारको अन्त्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
