अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वले पेलेर जान खोजेको आरोप लगाएका छन्।
काठमाडाैँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वले पेलेर जान खोजेको आरोप लगाएका छन्। साधारणसभामा प्रस्तुत गर्ने विषयसूचीमाथि छलफल गर्न गत फागुन ३ देखि ६ गतेसम्म कार्यसमिति बैठक बसेको थियो। उक्त बैठकमा समावेश नभएका विषयलाई साधारणसभामा लगेर पेलेर जान खोजेको हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका शेर्पाले आरोप लगाएका हुन्।
“६ वटा अजेन्डा साधारणसभामा ल्याएको छ। कार्यसमितिको बैठकमा छलफल भएका अरू अजेन्डाहरू पनि ल्याइन सक्छ। कार्ड बाँड्दा उपस्थित भनेर हस्तक्षप गरिएको छ,” उनी भन्छन्, “यही विषयलाई लिएर १० जना कार्यसमिति सदस्यले बहिष्कार गरेका छन्। उनीहरूलाई उपस्थित गराउनु भन्दा तपाईंले गराउनु भन्नुभयो। तर, म पनि जान्छु तपाईं पनि जाऔँ माग सम्बोधन गरेर जाऔँभन्दा मान्नुभएन। उहाँहरूले पेलेर जानुभएपछि हामीले बहिष्कार गरेका हौँ।”
साधारणसभामा संघको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताव (तीन महलेसहित), निरीक्षकहरूको नियुक्ति, यसभन्दा अगाडिको कंग्रेस (साधारण सभा)को बैठकको निर्णय स्वीकृत गर्ने, कार्यप्रगति प्रतिवेदन (अघिल्लो साधारणसभाको बैठकदेखि हालसम्म), कार्यसमितिको सिफारिसमा स्वतन्त्र लेखा परीक्षकको नियुक्तिलगायतका विषय समावेश थिए।
यस्तै, आ.व. २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन, संघको कार्यक्रम सन् २०२४ को प्रतियोगिता, प्रशिक्षण र कार्यक्रमहरू, आ.व. २०८०/०८१ को प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटलगायत पनि विषयसूची समावेश गरिएको थियो। तर, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसीसहित सदस्यहरू रमेश ब्यन्जनकार, अनिल मल्ल ठकुरी, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी र पेमा डोल्मा लामाले कार्यसमिति बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषयसूचीहरू थपिएको भन्दै साधारणसभा बहिष्कार गरेका थिए।
यता, ‘बी’ डिभिजनका अधिकांश क्लबले पनि साधारणसभा बहिष्कार गरेका छन्। यस्तो अवस्थामा मन र फुटबल मिलाएर जानुभन्दा पनि अध्यक्ष पंकजविक्रम नेम्वाङले कागज मिलाएर जान खोजेको शेर्पाले आरोप लगाए।
“मैले मन र फुटबल मिलाउने कि कागज मिलाउने भनेर सोधेँ। उहाँहरूले तपाईंलाई समय दिन्छु भन्नुभयो। अहिले खाली समय छ शून्य समय छ। उहाँहरूलाई मिलाएर जाऔँ भनेको थिएँ। तर, उहाँहरू मान्नुभएर। उहाँहरूले जबर्जस्ती रोलकल शुरू गर्नुभयो,” उनी भन्छन्।
यस्तै, अनिल मल्ल ठकुरीले कार्यसमिति बैठकमा बहुमत सदस्यहरूको निर्णयमा असहमति जननाएको बताएका छन्। कतिपय अजेन्डामा छलफल भएता पनि निर्णयहरू नभए पनि महासचिव किरण राईले आफूहरूको उपस्थितिको हस्ताक्षरको दुरुपयोग गरी निर्णय भएको भनि विषयसूची पेश गर्नु गरेको कारण साधारणसभा बहिष्कार गरिएको बताए।
उनका अनुसार आ.व २०७९/०८० को लेखा परीक्षण प्रतिवदेन सम्बन्धमा कार्यसमिति छलफल भएको थियो। तर यसमा रहेका सम्पूर्ण कैफियतहरूको निराकरण नभएसम्म पास नगर्ने भनिएकोमा यसलाई सोही रूपमा पेश गरिएको बताए।
चाइना केल्मी कम्पनीसँग ५१ लाख १४ हजार ८७० हजार रकम लिनुपर्ने हुँदाहुँदै कालोसूचीमा राख्नु पर्ने ठाउँमा ६६ लाख रकम भुक्तानी गरिसकिएको र सो रकममा कुनै पनि छुट नलिई कम्तिमा ३० प्रतिशत रकम भ्रष्टाचार गरेको आरोप लगाए।
“केल्मीको मात्रै विषय होइन। खेलाडीलाई लगेर लो क्वालिटीको होटेलमा राखिएको लगायत अनेकौँ आर्थिक अनियमितताहरू छन्। त्यस्ता कुरामा अध्यक्ष, महासचिव र कोषाध्यक्षले जिम्मा लिनुपर्छ। यसलाई जिम्मा लिनुस् र साधारणसभामा लगेर पास गर्नुस्,” उनले भने, “उहाँहरूले गरेको अनियमिततामा हामी किन सबै भागिदार हुने भनेर भनेका थियौँ। तर, उहाँहरूले मान्नुभएन।”
यस्तै, कुनै पनि प्रतियोगिताको आम्दानी खर्चको अनुसूचीसहित सम्पूर्ण विविरण पेश नगरिएको र कार्यसमितिका बहुमत सदस्यले पटक पटक माग गर्दा पनि उपलब्ध नगराइएको उनले जानकारी दिए। तर, १० जना कार्यसमिति सदस्यले साधारणसभा बहिष्कार गर्दा पनि पेलेर नेतृत्व गएको कारण यसलाई वैधानिक मान्न नसक्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
