संसद् भवनमा लघुवित्त ऋणीहरूको विरोध प्रदर्शन (तस्वीरहरू)

लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन्।

काठमाडौँ– लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन्। लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका भन्दै पैदल हिँडेर काठमाडौँमा आन्दोलन गर्न आएका ऋणीहरू सोमबार संसद् भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन्। 

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ। तर लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन्। उनीहरूले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेरसमेत विरोध जनाएका थिए।