भारतीय गजल गायक पंकज उदासको निधन

भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ।

भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि अस्वस्थ थिए। पंकजको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ। 

“भारी मनले तपाईंलाई २६ फेब्रुअरी २०२४ मा पंकज उदासको दुःखद निधनको जानकारी दिँदै गर्दा हामी अत्यन्त दुःखी छौँ। पंकजमा के रोग थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौँ,” उनको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पंकज गजल गायनमा प्रख्यात नाम थियो। उनले ‘चिठ्ठी आई है’ गजलबाट लोकप्रियता पाएका थिए। यो गजल सन् १९८६ मा रिलिज फिल्म ‘नाम’मा समावेश थियो।

उनका चर्चित गजलहरूमा ‘ये दिल्लगी’, ‘फिर तेरी कहानी याद आई’, ‘चले तो कट ही जाएगा’ र ‘तेरे बिन’ रहेका छन्। त्यस्तै, ‘जिये तो जिए कैसे’, ‘चाँदी जैसा रंग है’लगायतका गजलबाट पनि उनले चर्चा बटुलेका थिए।