काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग २०८१ मा मात्रै हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा ‘ए’ डिभिजन लिग अर्को वर्ष राखिएको हो। उक्त क्यालेन्डरलाई साधारणसभाबाट पारित गरिएको छ।
क्यालेन्डरअनुसार लिग २०८१ पुस १२ देखि २०८२ जेठ १५ गतेसम्म डबल राउन्ड रोविनमा सञ्चालन हुने छ। लिगका खेल शुक्रबार, शनिबार र आइतबार दुई/दुई वटा हुने छ।
यस्तै, तेस्रो संस्करणको नेपाल सुपर लिग भने अर्को वर्ष असोज र कात्तिकको बीचमा हुने छ। यस्तै, ‘बी’ र ‘सी’ डिभिजन भने यही वर्ष हुनेछन्। ‘सी’ डिभिजन लिग चैत २२ गतेदेखि असारसम्म हुने छ। राउन्ड रोविनमा हुने लिगमा १४ टोलीले ९१ खेल खेल्ने छन्।
‘बी’ डिभिजन लिग भने चैत २५ गतेदेखि असारसम्म हुने छ। सहभागी १४ टोलीले ९१ खेल खेल्ने छन्। यसपटक एफसी खुमलटार र विभागीय टोली एपीएफ क्लब रेलिगेसनमा पर्दै शीर्ष डिभिजनबाट ‘बी’ मा झरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
