सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० गतेभित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति बनाएको छ
काठमाडौँ– सरकारले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरी सुझाव सिफारिस गर्ने दुई संघीय मन्त्री सम्मिलित समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० गतेभित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको हो।
मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, “बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८० फागुन २० गतेभित्र सिफारिस गर्ने गरी ऊर्जा र कानूनमन्त्रीज्युहरू रहनुभएको समिति गठन गर्ने,” उनले भनिन्।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो। सो घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो।
उक्त घटनाबारे अध्ययन गर्न सरकारले पुस १६ उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोग गठन गरेको थियो। उक्त घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वाला पनि दोषी देखिएको उल्लेख गर्दै उक्त आयोगले प्रतिवेदन सरकारलाई बुझाएको थियो। यही घटनालाई लिएर प्रतिपक्षी दलहरूले मन्त्री ज्वालाको राजीनामा माग्दै आएका छन्।
त्यस्तै, सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै, सुनको अवैध पैठारी, तस्करी नियन्त्रणसम्बन्धी गठित आयोगको म्याद फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ।
सरकारले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेसनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने र जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
