बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

एकीकृत समाजवादीका श्रेष्ठले नेकपा एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गरे।

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा-४ बाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन। उनी दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले नेकपा एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गरे।

श्रेष्ठले २९ हजार ५०० मत ल्याउँदा एकवालले १९ हजार ४३९ मत प्राप्त गरे। उनी २०७४ सालमा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।