लघुवित्त वित्तीय संस्थाका ऋणीहरू निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेको घटना छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।
काठमाडौँ– लघुवित्त वित्तीय संस्थाका ऋणीहरू निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेको घटना गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ।
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरबाट आन्दोलनका लागि काठमाडौँ आएका लघुवित्त वित्तीय संस्थाका ऋणीहरू सोमबार निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेर विरोध प्रदर्शन गरेका थिए। यसैबीच प्रहरीले झन्डै ५० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ। तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका हुन्।
संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी भीमप्रसाद ढकालले लघुवित्त ऋणी संसद् भवन प्रवेश गरेको घटनाबारे छानबिन गर्न सोमबार समिति गठन गरिएको बताए। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको हो।
समितिमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
