राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी सेनाअन्तर्गत यूएस इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी अक्यैलिनोले शिष्टाचार भेट गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत यूएस इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी अक्यैलिनोले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति पौडेलसँग अक्यैलिनोले सोमबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रही आएकामा खुशी व्यक्त गरेका थिए।
साथै उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकका रूपमा रहेको कुराले गौरवान्वित भएको बताएको राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, सोमबार नै प्रधानसेनापति प्रभुराम शर्मा र अक्यैलिनोबीच शिष्टाचार भेटवार्ता भएको छ। सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपालको तीन दिने भ्रमणमा आएका अक्यैलिनोलाई यसअघि जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
ग्लोबल पिस अपरेसन इनीसीएटीभको सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि दुई हप्ता अवधिको शान्ति स्थापनासम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण भइरहेको छ।
अक्यैलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते आइतबार अवलोकन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
