प्रधानमन्त्री पुष्पकमल दाहालले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन्।
उनले सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरुन्तै दिन निर्देशन दिएका हुन्।
सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
दुग्ध किसानहरूले करिब ६ अर्ब रुपैयाँ बराबरको बक्यौता रकम नपाएको बताएका छन्। उनीहरूले दूधको बक्यौता भुक्तानीसहितका माग राखेर आन्दोलनका कार्यक्रम अघि सारेका छन्। यसबीच प्रधानमन्त्री दाहालले सोमबार किसानको बक्यौता रकम तत्काल भुक्तानी गरिदिन विभागीय मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन्।
“किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनूस्। निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नूस्,” उनले भने।
विभिन्न १५ वटा किसान संगठनहरूले दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सार्दै फागुन २१ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
