यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। 

काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

दिउँसो, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षा हुनेछ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।