नामिबियाले नेपाललाई दियो २०७ रनको बलियो लक्ष्य, लोफ्टीको कीर्तिमानी शतक

नामिबियाका लागि जान निकोल लोफ्टी इटनले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा शतक प्रहार गरे। इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान पनि तोडेका छन्।

काठमाडौँ– त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी२० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रन बनाएको हो। 

नामिबियाका लागि जान निकोल लोफ्टी इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक १०१ को योगदान दिए।  

इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान पनि तोडेका छन्। उनले ३३ बलमै शतक पूरा गरे। यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। 

त्यसैगरी मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५९ रन बनाए। त्यस्तै माइकल भान लिंगेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे। 

नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए। करण केसी र अविनाश बोहराले समान १–१ विकेट लिए।