युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबार शुरू हुनसक्ने बताएका छन्।
युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ। उनीहरूले छ साताका लागि युद्ध रोक्न र इजरायली बन्दीको रिहाइको माग गरिरहेका छन्।
सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजरायलले हिरासतमा लिएका सयौँ प्यालेस्टिनी बन्दीको रिहाइ पनि सामेल हुन सक्नेछ। “अर्को सोमबारसम्ममा युद्धविराम हुनेछ भन्ने मलाई आशा छ, हामी यसको नजिक छौँ,” बाइडेनले भने।
कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिण रफाहमा स्थल आक्रमणमा ढिलाइ गर्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताए। युद्धको करिब पाँच महिनापछि गाजापट्टीका प्रत्येक अन्य शहरी क्षेत्रमा इजरायली स्थल सेना सक्रिय भएका कारण करिब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण मागेका छन्।
संयुक्त राष्ट्रसंघले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ। सोमबार महासचिव एन्टोनियो गुटेरेसले आक्रमणले सहायता कामको कफिनमा अन्तिम किला ठोक्ने चेतावनी दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
