स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन्।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे फरक मत राखे पनि अध्यक्ष पद भने पार्टी छोड्नु नहुने बताएका हुन्।
राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई बनाउन चर्चा चलिरहेका बेला माओवादी नेताहरूको यस्तो धारणा आएको हो। स्थायी कमिटी बैठकमा आफ्नो धारणा राखेका नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
“राष्ट्रियसभाको अध्यक्षको निर्वाचनका बारेमा छलफल भयो। र त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ। अधिकांशले चाहिँ राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ,” उनले भने। राष्ट्रियसभा अध्यक्षको पद फागुन २० गतेदेखि रिक्त हुँदैछ।
त्यसैगरी, बैठकमा पार्टी नेताहरूको कार्यविभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा समेत नेताहरूले धारणा राखेको उनको भनाइ छ।
प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठक प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए। माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्ने छ।
बैठक मंगलबार नै समापन गर्ने तयारी गरिएको भए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बुधबारका लागि सारिएको हो। बुधबार बस्ने बैठकमा दाहालले सम्बोधन गर्ने कार्यसूची छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
