खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थीसमेत समस्यामा परेका छन्। पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ।
इलाम– माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि आवश्यक पानी लिन उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालोओरालो गर्नुपर्छ। उनी मात्रै होइन यहाँका अधिकांशको बिहानी पानी जोहोमै बित्ने गरेको छ।
“बजारमा पानीको ठूलो समस्या छ। बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ,” उनले भनिन्, “बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ। लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ।”
सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ। उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताए। चिसोपानी पञ्चमीबाट अस्थायी रूपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ। त्यसैले पानीको जोहो गर्न धाराखाममै जानुपरेको उनले सुनाइन्।
“चिसोपानीबाट ल्याइएको पानी त बिहान एक घण्टा मात्र आउँछ। कहिलेकाहीँ त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ,” उनले भनिन्, “त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन। कहिलेकाहीँ त ट्यांकरबाट पानी किनेरसमेत प्रयोग गर्नुपरेको छ।”
रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ। पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीय सुनिता राईले बताउँछिन्। “विकासको काम गर्न वा कुनै पनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ। यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो,” उनले भने, “खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटक–पटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौँ।”
रक्से बजारकी वसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएका छन्। खानका लागि मात्र होइन, शौचालय जान, नुहाई धुवाइ गर्न, लुगा धुन तथा बस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउँछिन्।
सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उनको माग छ। बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरूको भनाइ छ।
त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन। तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीय किरणकुमार राई बताउँछन्। “आर्थिक वर्ष २०६७/६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ। असारमा मूल फुटेपछि मात्र आउँछ,” उनले भने, “अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन।”
खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरूको समस्या ज्युँका त्युँ रहेको स्थानीयको भनाइ छ। नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्थासमेत पन्छिएर जाने गरेको उनीहरूको गुनासो छ।
समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँछन्।
खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थीसमेत समस्यामा परेका छन्। पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गरे। संघीय सरकारको विशेष अनुदानबाट दुई करोड रुपैयाँको लागतमा मिक्लाजुङ खानेपानी आयोजनाअन्तर्गत गढेरे खोलालाबाट १७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट बृहत् खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
