मंगलबार बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.३४ अंकले उकालो लागेर २००१.६४ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.११ अंकले उकालो लागेर ३५७.०९ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
मंगलबार शेयर कारोबार रकम भने घटेको छ। कुल ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर एक अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ मूल्यमा खरिद बिक्री भएका छन्। सोमबार विभिन्न कम्पनीका कुल ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६९० बराबरको कारोबार भयो।
शिवम् सिमेन्ट आठ करोड २९ लाख ८२ हजार ६६८, हिमालयन रिइन्स्योरेन्स ६ करोड ४० लाख २६ हजार ९३९, घोराही सिमेन्ट पाँच करोड चार लाख ९० हजार २६९ र हिमालयन डिस्टिलरी तीन करोड ५८ लाख ६८ हजार ९६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी ९.२६, बोटलर्स नेपाल तराई ८.७२ र गुराँस लघुवित्तका शेयरधनीले आठ प्रतिशतले कमाएका छन्।
त्यस्तै, चिर्खवा हाइड्रोपावर ५.०६, कालिन्चोक दर्शन ४.३०, ज्योति विकास बैंकको ऋणपत्र ३.६२, मैलुङ हाइड्रोपावर ३ .५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
