स्थानीय माग बढ्दै गएपछि रुसले अर्को सातादेखि ६ महिनासम्म पेट्रोल निर्यातमा रोक लगाउने भएको छ।
स्थानीय माग बढ्दै गएपछि रुसले अर्को सातादेखि ६ महिनासम्म पेट्रोल निर्यातमा रोक लगाउने भएको छ।
प्रधानमन्त्री मिखाइल मिसस्टिनले पेट्रोल निर्यातमाथिको प्रतिबन्धलाई अनुमोदन गरेका राज्य समाचार एजेन्सी टासले मंगलबार पुष्टि गरेको छ। उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले यही फेब्रुअरी २१ मा पेट्रोलियम पदार्थको निर्यात सीमित गर्न प्रस्ताव गरेका थिए। मार्च १ देखि पेट्रोल निर्यात बन्द हुने बताइएको छ।
युरेसियन इकोनोमिक युनियन ईएईयूको सदस्य राष्ट्रहरू आर्मेनिया, बेलारुस, काजाकिस्तान र किर्गिस्तानका साथै मंगोलिया, उज्बेकिस्तान र दक्षिण ओसेसियाका जर्जियाली क्षेत्रहरूमा भने निर्यातमा रोक लगाइने छैन।
गत वर्ष पनि घरेलु बजारमा पेट्रोल अभाव र मूल्यवृद्धि भएपछि रुसले निर्यातमा रोक लगाएको थियो। अघिल्लो वर्ष सेप्टेम्बरमा मात्र रोक लगाइए पनि पछिल्लो प्रतिबन्ध उल्लेखनीय रूपमा लामो हुनेछ। यो समयमा रुसले युक्रेनी आक्रमणले क्षतिग्रस्त इन्धन रिफाइनरीहरुको मर्मत गर्न पनि मद्दत पुग्ने बताइएको छ।
रुसले २०२३ मा ४३.९ मिलियन टन पेट्रोल उत्पादन गरेको थियो जसमध्ये ५.७६ मिलियन टन निर्यात गरेको थियो। रूसी पेट्रोलको सबैभन्दा ठूलो आयातकर्ताहरू मुख्यतया अफ्रिकी देशहरू नाइजेरिया, लिबिया र ट्युनिसियाका साथै संयुक्त अरब इमिरेट्स रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
