संसदीय समितिले गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापको प्रभावकारी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
काठमाडौँ– संसदीय समितिले गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापमा पनि प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरमा ल्याउने गरी कार्य सम्पादन गर्न अख्तियारलाई निर्देशन दिएको हो।
“आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्य सम्पादन गर्नसमेत समितिको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन गर्दछ,” सभापति ऋषिकेश पोखरेलले भने।
आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान र अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने निष्कर्ष निकाल्दै आवश्यकताअनुसार बहुपक्षीय र द्विपक्षीय सम्झौता गरी संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन पनि समितिले सरकारलाई सचेत गराएको छ।
“यद्यपि यस्ता सम्झौताहरू हुन नसकेका कारण अनुसन्धान कार्य प्रभावित हुन गएको देखिएकाले आवश्यकताअनुसार बहुपक्षीय र द्विपक्षीय सम्झौता गर्ने, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन समितिको यो बैठक नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन गर्दछ,” उनले भने।
समितिले यसअघि दिइएका निर्देशनको शीघ्र कार्य सम्पादन गर्न पनि आयोगलाई निर्देशन दिएको छ।आम नागरिकमा समेत आशंका र दुबिधा बढ्ने भएकाले समितिले दिएको निर्देशनको छिटो कार्य सम्पादन गर्न आयोगलाई निर्देश गरिएको समिति सभापति पोखरेलले जानकारी दिए। समितिले अनुसन्धानको क्षेत्रबारे आयोगसँग छुट्टै संवाद गर्ने पनि जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
