टोनी हेगनले खिचेका पश्चिम नेपालको सन् १९५० को दशकका तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्। हेगनकी छोरी क्याथ्रिन पिताको संकलनमा रहेका फोटोहरू दुई वर्षको समयावधिमा खोजेर प्रदर्शनीमा ल्याएको बताउँछिन्।
काठमाडौँ– सन् १९५० को दशकमा नेपालको पश्चिम क्षेत्र कस्तो थियो होला? लेखक तथा पत्रकार कनकमणि दीक्षित सन् १९५० दशकमा पनि पश्चिम नेपाल दुई शताब्दी अघिकै अवस्थामा रहेको चित्रण गर्छन्। उनी भन्छन्, “सन् १९५० दशकको पश्चिम नेपालले दुई शताब्दी अघिको पश्चिम नेपालको चित्रण गर्छ। कारण त्यसबेला कुनै खालको विकास र बाहिरी प्रभाव परेको थिएन।”

मंगलबार पाटनढोकास्थित यलमाया केन्द्रमा टोनी हेगनका फोटो प्रदर्शनीका क्रममा दीक्षितले उक्त प्रदर्शनीको महत्त्वबारे उजागर गरेका हुन्। प्रदर्शनीमा राखिएका हेगनका अधिकांश तस्वीर यसअघि कतै सार्वजनिक नभएको पनि उनी बताउँछन्।

हेगनकी छोरी क्याथ्रिनले आफ्ना पिताको संकलनमा रहेका तस्वीरहरू दुई वर्षको समयावधिमा खोजेर प्रदर्शनीमा ल्याएको बताइन्। नेपाल मण्डल र उपत्यकाबारेमा अनेकन् लेख तथा फोटो प्रदर्शनी भइरहेकै क्रममा पाटनस्थित यलमाया केन्द्रमा सन् १९५० को दशकको पश्चिम नेपालको चित्रण हुने फोटो प्रदर्शनी भइरहेको हो।

पश्चिम नेपालकै मात्र फोटो प्रदर्शनी गर्नुको कारणबारे उनी यी फोटोले पश्चिम नेपालका नदेखिएका र अलौकिक पक्षलाई समेट्ने भएकाले प्रदर्शनीमा राखिएको बताउँछिन्।

यलमाया केन्द्रमा ‘वेस्टन नेपाल इन द १९५० दशक’ फोटो प्रदर्शनी भइरहेको हो। फोटो प्रदर्शनी नेपाल हेरिटेज सोसाइटी र यलमाया केन्द्र–पाटन म्युजियमको सहकार्यमा भइरहेको हो।

तस्वीरहरूमा सन् १९५० को दशकमा नेपालको पश्चिम क्षेत्रको रहनसहन, भेषभुषा, भौगोलिक अवस्था, कलाकौशल देख्न सकिन्छ। मंगलबार प्रदर्शनी अवलोकन गर्न आउनेहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो। फोटो प्रदर्शनी फेब्रुअरी २७ देखि मार्च २ सम्म यलमाया केन्द्र र मार्च ४ देखि १२ सम्म पाटन म्युजियममा चल्ने छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
